
३० चैत काठमान्र्डौ । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।आजको सुनको मूल्य अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार छ। यस आधारमा कुन मन्त्रीसँग कति रूपैयाँ बराबरको सुन छ
बालेन्द्र शाह, प्रधानमन्त्री
श्रीमतीको नाममा १९० तोला सुन
आइतबारको मूल्य अनुसार ५ करोड ६४ लाख ३० हजार रूपैयाँ
डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
४५ तोला सुन
आइतबारको मूल्य अनुसार १ करोड ३३ लाख ६५ हजार रूपैयाँ
शिशिर खनाल, परराष्ट्रमन्त्री
२२ तोला सुन
आइतबारको मूल्य अनुसार ६५ लाख ३४ हजार रुपैयाँ
विराज भक्त श्रेष्ठ, ऊर्जामन्त्री
१५ तोला सुन
आइतबारको मूल्य अनुसार ४४ लाख ५५ हजार रुपैयाँ
सुधन गुरूङ, गृह मन्त्री
८९ तोला सुन
आइतबारको मूल्य अनुसार २ करोड ६४ लाख ३३ हजार रुपैयाँ
सुनिल लम्साल, भौतिक मन्त्री
३० तोला सुन
आइतबारको मूल्य अनुसार ८९ लाख १० हजार रुपैयाँ
सोविता गौतम कानुन मन्त्री
१५ तोला सुन
आइतबारको मूल्य अनुसार( ४४ लाख ५५ हजार रुपैयाँ
सिता बादी, महिला, बालबालिका मन्त्री
१८ तोला सुन
आइतबारको मूल्य अनुसार ५३ लाख ४६ हजार रुपैयाँ
प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री
२५ तोला सुन
आइतबारको मूल्य अनुसार ७४ लाख २५ हजार रुपैयाँ
निशा मेहता स्वास्थ्य मन्त्री
३० तोला सुन
आइतबारको मूल्य अनुसार ८९ लाख १० हजार रुपैयाँ
सस्मित पोखरेल शिक्षा मन्त्री
आमा र बुवाको नाममा अनुमानित २५ तोला सुन
आइतबारको मूल्य अनुसार ७४ लाख २५ हजार रूपैयाँ
खडक राज गनेश पौडेल पर्यटन मन्त्री
११ तोला सुन
आइतबारको मूल्य अनुसार( ३२ लाख ६७ हजार रूपैयाँ
डा. विक्रम तिमिल्सिना सञ्चार मन्त्री
११.५ तोला सुन
आइतबारको मूल्य अनुसार ३४ लाख १५ हजार ५ सय रूपैयाँ
गिता चौधरी कृषि मन्त्री
५ तोला सुन
आइतबारको मूल्य अनुसार १४ लाख ८५ हजार रूपैयाँ
गौरी कुमारी यादव उद्योग मन्त्री
८० तोला सुन
आइतबारको मूल्य अनुसार २ करोड ३७ लाख ६० हजार रूपैयाँ
रामजी यादव श्रम मन्त्री
आफ्नो र श्रीमतीको नाममा गरी ५० तोला सुन
आइतबारको मूल्य अनुसार १ करोड ४८ लाख ५० हजार रूपैयाँ।