३१ जेष्ठ २०८३, आईतवार
३१ जेष्ठ २०८३, आईतवार
अमेरिका–इरान वार्ताको पहिलो चरण सम्पन्न
अमेरिका–इरान वार्ताको पहिलो चरण सम्पन्न
  • न्युज डेस्क

२९ चैत काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बेलुका करिब सवा ४ बजे अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको थियो।बीबीसीका अनुसार अमेरिका–इरानबीचको वार्ताको पहिलो चरण समाप्त भइसकेको छ।दुई सरकारी अधिकारीहरूले बीबीसीलाई पुष्टि गरेअनुसार, करिब दुई घण्टा ३० मिनेटसम्म चलेको वार्तामा पाकिस्तानी मध्यस्थहरू पनि सहभागी थिए।

वार्ता सेरेना होटलमा भइरहेको छ। पहिलो चरणको वार्ता प्रत्यक्ष नभई मध्यस्थमार्फत भएको थियो, जहाँ पाकिस्तानी अधिकारीहरूले दुवै देशबीच सन्देश आदान–प्रदान गरिरहेका थिए। यदि वातावरण अनुकूल बनेमा प्रत्यक्ष वार्ताको सम्भावना पनि रहेको बताइएको छ।

  • २९ चैत्र २०८२, आईतवार प्रकाशित
  • Nabintech