२८ चैत्र २०८२, शनिबार
२८ चैत्र २०८२, शनिबार
बाँकेमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु
बाँकेमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु
  • न्युज डेस्क

२८ चैत बाँके । बाँकेमा बालेरो गाडीको ठक्करबाट एक जनाको मत्यु भएको छ ।बाँकेको बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क।प्र।०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–३ नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको शनिबार बिहान मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

  • २८ चैत्र २०८२, शनिबार प्रकाशित
  • Nabintech