२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
‘धुरन्धर–२, को कलेक्सन तिव्र
‘धुरन्धर–२, को कलेक्सन तिव्र
  • न्युज डेस्क

१२ चैत काठमाडौं । बलिउड सिनेमा ‘धुरन्धर–२ स् द रिभेन्ज’ले चार दिनमा प्रिमियरसहित ३८८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ । आइतबार मात्रै यो चलचित्रले १०४ करोड कलेक्सन गरेको छ ।‘धुरन्धर–२’ एकल भाषामा एकै दिन सय करोड रुपैयाँ कलेक्सन कटाउने पहिलो चलचित्र बनेको छ । बुधबार ४० करोड, बिहीबार ७५ करोड, शुक्रबार ७२ करोड, शनिबार ९७ करोड र आइतबार १०४ करोड रुपैयाँ कलेक्सन गरेको बलिउड सिनेमाका समीक्षक तथा ट्रेड एनलाइसिस्ट सुमित कँडेलले बताएका छन् ।

आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर–२’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायत कलाकारको अभिनय छ ।यो सिनेमामा पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासुसी मिसनको कथा छ ।

  • १२ चैत्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech