
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य-सपथ ग्रहण काठमाडौँ, १२ चैत : सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद भवनमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुँदै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो। तस्बिर : रत्न श्रेष्ठ/रासस
१२ चैत काठमान्डौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले बिहीबार शपथ लिएका छन् । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए ।सिंहदबारस्थित संसद भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन् । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरूमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गंगा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिएकी थिइन् ।त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए ।
सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिएका थिए ।अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गंगालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जितले नेपाल भाषामा शपथ लिएका थिए ।नितिमा भण्डारी ९कार्की०, रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिका थिए । त्यसैगरी ऐनबहादुर महरले बझांगी भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको छ ।माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिएका थिए । रेनुका काउचाले मगर खाम भाषामा शपथ लिएन् ।प्रमोदकुमार महतो, राजकिशोर महतोले मगही भाषामा शपथ लिए । अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शंकर यादव, सीताराम साहले मैथिली भाषामा शपथ लिएका थिए ।
कृपाराम रानाले राना थारू भाषामा शपथ लिए । त्यसैगरी पूर्णप्रसाद लिम्बू, सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिए । खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी थिइन् ।प्रतिनिधिसभाका सहायक प्रवक्ता उपसचिव अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर सुरुमा ६२ जनाले नाम टिपाएकोमा पछि थपिँदै गएको र कतिले लिएको भन्ने यकिन गर्ने काम भइरहेको बताए ।