२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
जाँचबुझ आयोगको प्रतिवेदन पड्यन्त्रपूर्ण : महेश बस्नेत
जाँचबुझ आयोगको प्रतिवेदन पड्यन्त्रपूर्ण : महेश बस्नेत
  • न्युज डेस्क

१२ चैत काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आग्रहपूर्ण र षडयन्त्रपूर्ण रहेको टिप्पणी गर्नु भएको छ भदौ २४ गतेका घटनामा संलग्नलाई कारबाहीमा मौन बस्दै आग्रहपूर्ण ढंगले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको उनले बताउनु भएको हो ।जाहेरीसमेत परेका तथा कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिहरूलाई नै जयजयकार गर्ने प्रवृत्ति सुरु हुनु दु खद छ ।

सरकारी कार्यालय निजी उद्योग र व्यक्तिका घरमा आगजनी तथा तोडफोड गर्ने जस्ता घटनामा विभिन्न सन्देहास्पद एनजीओरआईएनजीओको रकम अपराधमा प्रयोग भएको विषय बेवास्ता गर्नु गम्भीर कुरा हो,ुु उनले फेसबुकमा उल्लेख गर्नु भएको छ ।प्रतिवेदनले मुलुकलाई शान्तिको सट्टा द्वन्द्वको बाटोमा अग्रसर गराउने खतरा रहेको बताउनु भयो ।शान्ति र प्रगतिका बाटो छोडेर प्रतिसोध र द्वन्द्वको बाटोमा हिँड्दा फेरि अर्को आन्दोलन सिर्जना हुने र अर्को कार्की आयोग गठन गर्नुपर्ने परिस्थित आउनसक्ने उनले उल्लेख गर्नु भएको छ ।कार्की आयोगले एमाले अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्चपदस्थ अधिकारीहरुलाई कारबाही सिफारिस गरेको छ ।

  • १२ चैत्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech