२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै
‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै
  • न्युज डेस्क

९ चैत काठमाडौं । भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ ।

निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा सावित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो ।निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए ।नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ ।

  • ९ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech