
९ चैत काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो ।आर्सनललाई २-० ले हराउँदै सिटीले उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० औँ मिनेटमा ओरेलीले हेडमार्फत सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि उनले टिमका लागि अर्को गोल गरेका थिए ।