२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
सुर्खेत प्रहरी फेरेन्सिक रिर्पोटको नतिजा पर्खदै
सुर्खेत प्रहरी फेरेन्सिक रिर्पोटको नतिजा पर्खदै
  • न्युज डेस्क

१ चैत सुर्खेत । २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विक मृत्यु प्रकरणमा प्रहरीले अनुन्धान जारी राख्दै फेरेन्सिक रिर्पोटको नतिजा पर्खिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर–१ स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलत्कारपछि भएको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको खुलेको हो ।प्रहरीले १६ वर्षीय एक बालकका साथै यस प्रकरणमा अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनाको सुर्खेत प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी ले सुक्ष्म अध्ययन जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले अबको दुईदेखि तीनभित्र अनुन्धान सक्ने तयारी रहेको बताए । उनका अनुसा मृतक इनिशा र आरोपित बालकहरुका मोबाइललगायत विद्युतीय सामग्री, इनिशाको भ्याजाइनल स्वाबलगायतका प्राप्त प्रमाणहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । त्यो रिर्पोट आएपछि मात्रै इनिशाको मृत्युको रहस्य खुल्ने बुढथापाले बताए ।

  • १ चैत्र २०८२, आईतवार प्रकाशित
  • Nabintech