
१ चैत काठमान्डौं । इरानले संयुक्त अरब इमिरेट्स युएई का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो।अमेरिका र इसराइल सँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो।उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस एपीले जनाएको छ।
तेहरानले संयुक्त अरब इमिरेट्सका बन्दरगाह, डक तथा आश्रयस्थल प्रयोग गरेर अमेरिकाले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ।त्यसपछि इरानले अमेरिकी सेना रहेका भनिएको क्षेत्रबाट मानिसहरूलाई तत्काल बाहिरिन आग्रह गरेको हो।चेतावनीपछि केही समयसम्म दुबईस्थित जबेल अली बन्दरगाह वा अबुधाबीस्थित खलिफा बन्दरगाहमा कुनै आक्रमण भएको संकेत नदेखिएको बताइएको छ।