
३० फागुन रोल्पा । माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन ।शनिबार दिउसो १२ बजे रोल्पाको रून्टिगढी गाउँपालिका ७ खाक्सिवन की निर्मला बुढाथोकीको माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी ७ जना छिमेकीहरूसहित माटो लिन घरनजिकैको डाँडामा गएकी थिइन्।माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको खबर प्रहरीले प्राप्त गरेपछि ७ जनाको टोली घटनास्थल पुगेको थियो।माटो पन्छाएर निकाल्दा निर्मलाको घटनास्थलमै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।घटनामा खास्कीवनकै २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीय पार्वती पुन घाइते भएका छन्। घाइते हरुको अवस्था सामान्य रहेको बताइएको छ ।