२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
हर्क साम्पाङको पार्टीले जित्यो ३ सिट , समानुपातिमा पनि मत थपिदै
हर्क साम्पाङको पार्टीले जित्यो ३ सिट , समानुपातिमा पनि मत थपिदै
  • न्युज डेस्क

२४ फागुन, काठमाडौं । गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ तीन स्थानमा जित हासिल गरेको छ ।श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।धरानउपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्दछ ।

  • २४ फाल्गुन २०८२, आईतवार प्रकाशित
  • Nabintech