१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
जलाइयो बालेनको पुत्ला
जलाइयो बालेनको पुत्ला
  • न्युज डेस्क

Screenshot

८ फागुन काठमान्डौं । रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले राँके जुलुस निकालेका छन् । बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ राँके जुलुस निकालेका हुन् ।

जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।नाराबाजीसहित राँके जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरी निभाएको थियो । जनताबाट पराजयको डरले एमालेको चुनावी अभियानलाई बिथोल्नका लागि पार्टीको झण्डा जलाएने काम भएको युवा संघका अध्यक्ष महाराज गुरुङले बताए ।आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भर्त्सना गर्दै झण्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ ।

  • ८ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech