१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
जाजरकाेट जिल्ला समन्वय समिति निर्वाचनको कार्यतालिका
जाजरकाेट जिल्ला समन्वय समिति निर्वाचनको कार्यतालिका
  • paschimpatra

जाजरकोट । जिल्ला समन्वय समिति जाजरकाेटको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

जाजरकाेट मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ २१ गते  बिहान १० बजेदेखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। २१ गते नै दिउँसाे  १ बजे देखी ३ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ ५ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन हुनेछ ।

जेठ २२ गते मतदाताको विरोधमा उजुरी दिने, २२ गते दिउँसाे १ देखि ३ बजेसम्म मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र साँझ ५ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

२३ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र  २ बजे मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

त्यसैदिन ३ बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने,  ४ बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

जेठ २४ गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

जेठ २५ गते बिहान १० देखि १ बजेसम्म मतदान हुनेछ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारीले मतदान कार्य सम्पन्न भएपछि यथाशून्य मतगणना गरेर परिणाम घोषणा हुने बताउनुभएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँनेछन् । गाउँपालिका वा नगरपालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधीले उम्मेदवार बन्न पाउँछन् । ९ सदस्सीय जिल्ला समन्वय समिति गठन हुनेछ । जिल्लामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत छैन् ।

नेपाली काँग्रेससँग ७ मत रहकाे छ भने नेकपा माओवादी केन्द्रसँग ४ मत  छ । त्यसैगरी नेकपा एमालेसँग ३ मत रहेकाे छ ।

  • २० जेष्ठ २०७९, शुक्रबार प्रकाशित
  • Nabintech