६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ खेल्दै
आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ खेल्दै
  • paschimpatra

काठमाण्डौ । आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।

खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो । आजदेखि स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई पनि प्रवेश दिने तयारी छ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech