१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
“कमान खड्काको मसिनो चुनावी प्रचार : प्रत्येक मतदाता संग भेटघाट
“कमान खड्काको मसिनो चुनावी प्रचार : प्रत्येक मतदाता संग भेटघाट
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले अरु भन्दा फरक तरिकाले चुनावी प्रचार गरिरहेका छन ।

उम्मेदवार खड्काले नगरपालिका भित्रका प्रत्येक मतदाताहरुलाई प्रत्यक्ष भेटेर मत मागिरहेका छन । अन्य दल र उम्मेदवारहरुले एकठाउँमा कार्यकर्ताहरु जम्मा गरेर भाषण गर्ने र भड्किलो तरिकाले सवारी साधनहरु प्रयोग गरी नाराबाजी गर्दै प्रचार गरिरहेको बेला खड्काले चुनावी प्रचारको फरक रणनीति अपनाएका हुन ।

नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष समेत रहेका खड्काले मतदाताहरुलाई भेटेर पुरा हुन नसक्ने ठुला सपना नभई जनताका दैनिक जनजिविका संग जोडिएका विषयहरु नै पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको भेरी नगर प्रमुखमा उम्मेवारी दिएका खड्का जाजरकोटको लोकप्रिय युवा नेताको रुपमा परिचित छन । भेटघाटका क्रममा स्थानीयहरुले कमान खड्का प्रति ठुलो विश्वास रहेकोले विश्वासघात नगर्न सचेत गराउने गरेका छन । यस पटकको निर्वाचनमा आफुहरु राजनीतिक आस्था भन्दा माथी उठेर मतदान गर्न तयार रहेको भन्दै यस अघिका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले जस्तै जनताको सपनामा खेलवाड नगर्न स्थानीयको माग छ ।

अहिले सम्म चुनावको बेला असिमित सपनाहरु देखाउने र चुनाव पछि फर्केर गाउँ नआउने अवस्था रहेको भन्दै स्थानीयहरुले उम्मेदवार खड्का संग गुनासो गरिरहेका छन । जवाफमा खड्काले यस अघिका राजनीतिक दल र उम्मेदवारहरुले त्यसो गरेको स्वीकार्दै आफुले सो कम्जोरीबाट पाठ सिकेकोले सचेत रहेको बताए । खड्काले चुनावी प्रतिबद्धतामा पूर्ण सुशासन युक्त नगर निर्माण संगै शिक्षा र स्वास्थ्यलाई बढि जोड दिएका छन ।

त्यस्तै कृषि क्षेत्रको विकास, रोजगारी, सुशासन र भौतिक पूर्वाधारका कार्यक्रम पनि प्राथमिकतामा परेका छन । प्रतिबद्धताान नगरवासीको आपतकालिन सेवाको लागि नगर क्षेत्रभित्रको एम्बुलेन्स र शवबहान सेवा पूर्ण रुपमा निशुल्क गर्ने, जेष्ठ नागरीक तथा अशक्त अपांगता भएका व्यक्तिहरुको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, पूर्ण वालमैत्री, पूर्ण जातीय तथा लैंगिक विभेद मुक्त नगर निर्माण गर्ने जस्ता योजनालाई खड्काले प्रथकिमतामा राखेका छन । स्थानीय निकायको २०५४ सालको निर्वाचनमा साविक खलंगा गाविसको उपाध्यक्षमा २२ वर्षकै उमेरमा निर्वाचित भएर सफल कार्यकाल पुरा गरेका खड्का हाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य छन ।

राजनीति संगै विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्वमा रहदाँ अत्यन्त लोकप्रिय काम गरेका खड्का भेरी नगर प्रमुखका उम्मेदवार मध्यका सबै भन्दा बलिया उम्मेदवार हुन । चुनावी माहोल खड्काको पक्षमा बन्दै गएपछि उनका विरुद्धमा कांग्रेस र माओवादी केन्द्रले आपसी चुनावी गठबन्धन गरेका छन । लामो समय सामाजिक सेवामा सक्रिय रहेका खड्का पार्टी भन्दा माथि उठेर जनसेवा गर्ने व्यक्ति भएकोले गठबन्धनले उनको विजयी यात्रा रोक्न सक्ने देखिन्न ।

उम्मेदवार खड्काले आफु पदमा पुगेपछि बेइमानी गरे मतदाता संग फेरी भोट माग्न नआउने बताएका छन । विभिन्न चुनौतीहरुलाई चिर्दै यस पटक मेयर पदको उम्मेदवार बनेकोले आफुलाई मतदान गर्न आव्हान गर्दै खड्काले आफ्नो प्रतिबद्धता अनुसार काम नगरी बेइमानी गरे पुन मत माग्न नआउने बताएका हुन ।

  • २६ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech