
१६ मंसीर बाँके । पुर्वपति संग होमस्टे गएकी एक युवती ३ दिन पछि मृत अवस्थामा फेला परेकी छिन ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका–२ पितमारि बस्ने १९ वर्षीय नारायण परियार र उनकी पुर्वपत्नी खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्री मङ्सिर ९ गते राति मिनि गाभर होमस्टे को कोठा नं–३ मा बसेका थिए।
घटना घटेको तिन दिन पछि परियारले इलाका प्रहरी कार्यालय कोहलपुरलाई जानकारी गएका थिए । प्रहरीका अनुसार मरेपछि आफुले होमस्टे नजिकै माटोले पुरिदिएको बताएका छन । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । हत्या गरेर माटोमा पुरेको हो वा खत्रीले आत्महत्या गरेपछि परियारले पुरेका हुन अनुसन्धान भैरहेको जनाएको छ ।