
७ मंसिर, हुम्ला । हुम्लामा भालुको आतक कायमै रहेको छ । पछिल्लो पटक भालुको आक्रमण्मा परी तिन जना गम्भिर घाइते भएका छन । हुम्लाको सिमकोट गाउँपालिका ५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका हुन ।
घाइते हुनेमा सिमकोट गाउँपालिका५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् ।भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।