
४ मंसीर काठमाडौं । चलचित्र निर्माता दिलिप पौडेलको निधन भएको छ ।७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति उनको निधन भएको हो । पौडेल ‘ज्वाला’, ‘जीवन संघर्ष’ लगायतका नेपाली चलचित्रका निर्माता हुन् ।
नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका पौडेलले डिल्लीबजारबाट ‘आनन्द लेखापढी’ सेन्टर सञ्चालनमा ल्याएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी संघको सस्थापक अध्यक्षसमेत रहेका उनले काठमाडौंको ओम शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिम्पानी कबाब घर सञ्चालन गर्दै आएका थिए ।पौडेलको बुधबार राति पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।