
४ मंसीर सल्यान । सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय चालक देबेवेन्द्र सिंहको बुधबार राति साढे ८ बजेतिर भएको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो
लेखपोखराबाट लान्टीतर्फ जाँदै गरेको रा १ त २४३८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई छत्रेश्वरी–५ कोलचौरस्थित भित्री कच्ची सडक खण्ड दुर्घटनामा परेको थियो।जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाका अनुसार ट्र्याक्टर १५ मिटर जति तल खसेको थियो।