२७ कार्तिक २०८२, बुधबार
२७ कार्तिक २०८२, बुधबार
दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
  • न्युज डेस्क

२५ कात्तिक काठमान्डौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ ।भारतिय संन्चार माध्यमका अनुसार दिग्गज बलिउड अभिनेता धर्मेन्द्र ८९ वर्षको उमेरमा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा सोमबार विहान निधन भएको हो । उनलाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो र स्वास्थ्य बिग्रँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो।

धर्मेन्द्रको निधनपछि छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ। सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका थिए भने बबी देओल पनि आफ्नो फिल्म छायांकन छोडेर मुम्बई फर्किएका थिए। शाहरुख खान, सलमान खान लगायतका बलिउड सेलिब्रिटीहरू अस्पताल पुगेका छन ।

  • २६ कार्तिक २०८२, मंगलवार प्रकाशित
  • Nabintech