१५ कार्तिक २०८२, शुक्रबार
१५ कार्तिक २०८२, शुक्रबार
जेन जी आन्दोलन : पेस्तोल भिर्ने माथि अनुसन्धान सुरु
जेन जी आन्दोलन : पेस्तोल भिर्ने माथि अनुसन्धान सुरु
  • न्युज डेस्क

२७ असोज काठमाडौं । टीओबी समुहका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तिब्बतियन ओरिजन ब्लड टीओबी लेखिएको टिर्सट लगाएर पेस्तोल भिर्ने तेन्जिङ दावामाथि अभद्र कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीले दावालाई आइतबार पक्राउ गरेको थियो ।

सोही भिडियोबारे अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएको र टीओबी समूहले प्रदर्शनलाई हिंसात्मक बनाउन भूमिका खलेको आरोप समेत लागेको छ ।पक्राउ परेका दावालाई सोमबार काठमाडौं प्रहरीले अभद्र कसुरमा अनुसन्धान थालेको हो । दावाले बिजुलीबजारको पुलमा अर्का एक युवाबाट पेस्तोल लिएर कम्मरमा भिरेको देखिने भिडियो सार्वजनिक भएको थियो ।

  • २७ आश्विन २०८२, सोमबार प्रकाशित
  • Nabintech