
 
      दीपककुमार शर्मा 
२३ असोज बाँके । बाँकेमा जुवा खेलिरहेको अवस्थामा वहालवाला वरिष्ठ सई सहित एक दर्जन बढि हाइप्राफोइल जुवाडेहरु पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले गए राति ११ बजे नेपालगन्ज बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई १३ लाख रुपैयाँ बढी रकम सहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बहालवाला नेपाल प्रहरीका वरिष्ठ सई, व्यापारी लगायतका रहेका छन ।स्रोतका अनुसार नेपालगन्ज बसपार्कस्थित प्रहरी युनिटको संरक्षणमा उक्त जुवा सन्चालन गरिएको बताइएको छ ।मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो।प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका दुई गडडी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जुवाखालबाट पक्राउ पर्नेहरुमा बिज्ञान श्रेष्ठ,गणेश बस्नेत,सेताज अन्सारी,ऋषि गुप्ता,तरुण गौतम,बिनोद खड्का,सफिक बेहना,संगम शाह, मधुसुधन दाहाल,मेघराज गौतम, नेपाल प्रहरीका वरिष्ठ सई रमेश शाही, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन् । पक्राउ परेका मध्ये रमेश शाही नेपाल प्रहरीका वरिष्ठ सई हुन वा होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक दीपक पातलीले जानकारी दिनु भयो ।