१५ असोज जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना घाइते भएका छन । जाजरकोटको नलगाड नगरपालिका–५, कालीमाटीबाट पोख्रातिर गइरहेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।बुधबार असोज १५ बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जीप दुर्घटना हुँदा नलगाड–५, पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनु भयो ।दुर्घटनामा सोही ठाउँका रवीन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुईलाई नेपालगन्ज र एकजनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।