२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
ओली र महेश बस्नेत माथी प्रतिशोध भए सैह्य नहुने युवा सङ्घको चेतावनी
ओली र महेश बस्नेत माथी प्रतिशोध भए सैह्य नहुने युवा सङ्घको चेतावनी
  • न्युज डेस्क

१४ असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।मंगलबार युवा संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना पूर्वाग्रहका आधारमा राहदानी रोक्का गरेको अथवा प्रतिशोध भएको खण्डमा सैह्य नहुने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णयप्रति हाम्रो संगठन आपत्ति प्रकट गर्छ ।साथै एमाले पोलिटब्युरो महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने भन्ने सरकारको निर्णयको पनि युवा सङ्घले विरोध जनाएको छ ।

  • १४ आश्विन २०८२, मंगलवार प्रकाशित
  • Nabintech