१५ कार्तिक २०८२, शुक्रबार
१५ कार्तिक २०८२, शुक्रबार
कुशे गाउँपालिकाका अध्यक्षमाथि हतियारधारी समुहको आक्रमण अध्यक्ष सहित तिन जना घाईते
कुशे गाउँपालिकाका अध्यक्षमाथि हतियारधारी समुहको आक्रमण अध्यक्ष सहित तिन जना घाईते
  • न्युज डेस्क

दीपककुमार शर्मा
१३ असोज जाजरकोट ।
जाजरकोट कुशे गाउँपालिकाका अध्यक्ष माथि हतियारधारी समुहले आक्रमण गरेको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक वसन्तकुमार शर्माले दिएको जानकारी अनुसार कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतवार बेलुकी हतियारधारी समुहले आक्रमण गरेको थियो । आक्रमणमा परी कुशे गाउँपालिकाका अध्यक्ष वस्नेत सहित अन्य २ जना घाइते हुनु भएको हो ।

घाइते हुनेमा कुशे–४ का नवराज शाही र कुशे–७ का दीपेन्द्र सिंह रहनु भएको छ ।उहाहरुको सुर्खेतमा उपचार भैरहेको छ । दशै मनाउन सुर्खेत तर्फ जाँदै गरेका अध्यक्षलाई जाजरकोटको छेडागाड नगरपालिका ५ थहल बजार नजिकै मनघाटविचको सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समुहले खुकुरी सहित घरेलु हथियारले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणकारीको पहिचान गरिसकेकोले खोजी कार्या जारी रहेको जनाएको छ ।

  • १३ आश्विन २०८२, सोमबार प्रकाशित
  • Nabintech