
 
      दीपककुमार शर्मा 
७ असोज बर्दिया । बर्दियाका सोमवार बेपत्ता भएका ३ जनाको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक देवेन्द्र कुमार मल्लले दिएको जानकारी अनुसार सोमबार दिउसो नुहाउन गएका गुलरिया नगरपालिका २ संगमवस्तीका १२ वर्षिया दुर्गा शाहि र सोहि स्थानकै १२ वर्षिया निसानी थापा बबई नदिमा नुहाउन गएका थिए ।
उनिहरु बेपत्ता भएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ । यसै गरी बर्दियाकै गेरुवा गाउपालिका २ राजीपुरस्थित गेरुवा नदीमा गोहिले आक्रमण गर्दा सोहि स्थानका २५ वर्षीय विवश थारु नदीमा बेपत्ता भएका छन । उनि भैसीलाई पानि खुवाउन नदीको किनारमा गएका बेला गोहिले आक्रमण गरेको थियो ।