७ असोज काठमान्डौं । इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ।कुनै समय शान्तिपूर्ण मानिने देशमा अहिले अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना होे।
कमाण्डर कर्णेल विलियम क्याले इक्वेभिसा च्यानलसँग भन्नुभयो, “प्रतिद्वन्द्वी गिरोहहरूबीचको झडपमा १४ कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका र १४ जना घाइते भएका छन्।” तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको छ।