४ असोज काठमान्डौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी २० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। यो शृंखला आगामी अक्टोबर २ देखि ८ सम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुनेछ।
नेपाल क्रिकेट संघ क्यानले मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व रुबिना क्षेत्रीले गर्नेछिन्।सेप्टेम्बर २४ देखि ३० सम्म हुने उक्त प्रतियोगितामा घोषित टोलीका १४ खेलाडीले विभिन्न पाँच टोलीबाट खेल्दै अनुभव बटुल्ने क्यानले जनाएको छ।