
दीपककुमार शर्मा
४ असोज बाँके । खसी किन्ने विषयमा भएको विवादका कारण बाँकेमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक दीपक पातलीले दिएको जानकारी अनुसार खसी किन्न ठिक्क पारेको र सो खसी अक्रो समुहले उठाएपछि विवाद सृजना भएको हो । सो विवाद पछि दुवै समुह विच भएको ढुगां हानाहानमा गम्भिर घाइते भएका नेपालगञ्ज उपमहानगर पालिका ५ का ५२ बर्षिय जाबिद अली बेहनाको उपचारको क्रममा शुक्रवार बेलुकी मृत्यु भएको हो ।
एकले अर्कालाई घरेलु हतियार, ढुंगा, दाउरालगायत प्रहार गर्दा बेहनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।प्रहरीले अनुसन्धानका लागी भन्दै चार जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा ३७ वर्षका मुस्ताक अलि बेहना, ३२ वर्षीय चाँदबाबु बेहना २५ वर्षका सेराज अलि बेहना र २५ वर्षिय ईस्राग अलि बेहना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।स्थानियका अनुसार सालाले खसी खरिदका लागी बैना गरेको र सोहि खसी भीनाजु नाता पर्नेले किने पछि विवाद सृजना भएको बताइको छ । ति दुवै समुहले छिमेकी मुलक भारतमा खसी किन्ने विषयमा बैना दिएकाले भन्दा जाबिद अली बेहनाले ५ सय रुपैया बढि तिरेर खरिद गरेका थिए ।
सोहि विषयलाई लियर एउटै टोलका दुवै पक्ष विच विवाद भएको हो ।प्रहरीका अनुसार साला–भेनाबिच शुक्रबार बिहान साढे ९ बजेतिर विवाद सुरु भएको थियो। त्यसपछि दुवै जनाले समूह बनाएर कुटाकुट गरेका थिए। त्यस क्रममा एकले अर्कालाई घरेलु हतियार, ढुंगा, दाउरालगायत प्रहार गर्दा बेहनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।