३ माघ २०८२, शुक्रबार
३ माघ २०८२, शुक्रबार
रुसद्वारा एक हजार मृतक युक्रेनी सेना फिर्ता
रुसद्वारा एक हजार मृतक युक्रेनी सेना फिर्ता
  • न्युज डेस्क

३ असोज काठमान्डौं । रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ ।मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।”बदलामा युक्रेनले २४ जना रुसी सैनिकको शव फिर्ता गरेको छ ।

युद्धको बीचमा युक्रेन र रुसबीच सैनिकहरूको शव फिर्ता र युद्धबन्दीहरूको आदान–प्रदान हुने गरेका छन् ।सन् २०२२ मा रुसले आक्रमण गरेयता दुवै पक्षका दशौँ हजार सैनिकहरू मारिएका छन्, यद्यपि कुनै पनि पक्षले नियमित रूपमा आफ्नै हताहतीको तथ्याङ्क प्रकाशित गर्दैनन्।

  • ३ आश्विन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech