३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत घुससहित पक्राउ
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत घुससहित पक्राउ
  • न्युज डेस्क

३ असोज दैलेख । दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत सातौँ तह टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख घुस मागेका थिए।सेवाग्राहीले उजुरी गरेका आधारमा अख्तियारले निगरानी राखेर कार्कीलाई उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

  • ३ आश्विन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech