३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
  • न्युज डेस्क

२६ भदौं काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा जेनजीका समूह समूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् ।

सामाजिक सञ्जालमा जेनजीका अलग अलग समूह देखिएका छन् । यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् । हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ । आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता बढेको छ ।

  • २६ भाद्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech