२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
बाल सुधार गृह बाँकेमा  झडप  ५ जनाको मृत्यु
बाल सुधार गृह बाँकेमा  झडप  ५ जनाको मृत्यु
  • न्युज डेस्क

२५ भदौं बाँके ।  बाँकेको बाल सुधार गृहबाट फरार हुने क्रममा झडप हुँदा ५ जनाको मृत्यु भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।प्रहरीका अनुसार बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा मङ्गलवार राति भएको झडपमा बाँकेका समीर थापा, अछामका उमेश विष्ट, दैलेखका भूपेन्द्र खत्री, कैलालीका जगत देउवा र दाङका दिनेश घर्ती मगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए।

घाइतेको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बाल सुधार गृहबाट भागेका बाल बन्दीहरूले नजिकै रहेका कैदीहरूलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेका थिए। हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरूको ज्यान गएको हो।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech