२४ भदौं काठामान्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँगै सञ्जय टकला पनि नख्खु कारागारबाट निस्किएका छन्।पूर्व राज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए। तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ।