३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
प्रधान सेनापतिको आग्रह आन्दोलन स्थगित गरी वार्तामा आउनुहोस
प्रधान सेनापतिको आग्रह आन्दोलन स्थगित गरी वार्तामा आउनुहोस
  • न्युज डेस्क

२४ भदौं काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गर्नु भएको छ ।देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताउनु भएको हो ।

उहाले जेनजीको आन्दोलनमा पुगेको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना,शोक सन्तप्त परिवारजनमा समवेदनासहित घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं ।भिडियो सन्देशमा भनिएको छ ।हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो’, सेनापतिको भनाई छ ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech