३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
सिंहदरबारमा आगलागी नियन्त्रणबाहिर, २ घन्टादेखि लगातार दन्किँदै
सिंहदरबारमा आगलागी नियन्त्रणबाहिर, २ घन्टादेखि लगातार दन्किँदै
  • न्युज डेस्क

२४ भदौं  काठमाडौं । जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी गरेका छन्। २०४६ र २०६२\०६३ का जनआन्दोलनमा समेत प्रदर्शनकारी प्रवेश गर्न नसकेको सिंहदरबारमा यसपटक जेन–जी प्रदर्शनकारीहरू प्रवेश गर्न सफल भएका हुन्।प्रदर्शनकारीहरूले गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा मन्त्रालयलगायतका विभिन्न मन्त्रालयका भवनमा आगो लगाएका छन्।

साथै, मन्त्रालय परिसरमा राखिएका सवारीसाधनमा तोडफोड र आगजनीसमेत गरेका छन्।आगोका कारण सिंहदरबार परिसरभरि बाक्लो धुवाँ फैलिएको छ। काठमाडौंको आधा आकास कालो धुवाँले ढाकिएको दृश्य देखिएको छ।सिंहदरबार परिसरमा सुरक्षाकर्मीको न्यून उपस्थिति देखिएको छ। केही नेपाली सेनाका जवानहरूले प्रदर्शनकारीलाई आगो लागेको क्षेत्रमा नजान आग्रह गरे पनि उनीहरूलाई रोक्न सकिएको छैन।मन्त्रालय भवनहरूमा लुटपाटसमेत भइरहेको छ। केही प्रदर्शनकारीहरू बहुमूल्य सामग्री बोकेर निस्कँदै गरेको दृश्य देखिएको छ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech