
दीपककुमार शर्मा
२३ भदौं बाँके । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक एंव सूचना अधिकारी नरेश पातलीले बताउनु भयो । उहाका अनुसार केहि दिन पहिले कोहलपुरमा एक जनाको हत्या भएको थियो सो विषयमा सोधपुछका लागी सिंह सहित ४ जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको थियो ।
सोमवार विहान २ वजेतिर एक्कासी बेहोस भएका सिंहलाई कोहलपुर मेडिकल कलेजमा लगिएको थियो उपचारकै क्रममा केहि समय पछि उनको मृत्यु भएको उहाले जानकारी दिनु भयो । मृत्यु के कारण ले भएको हो पोष्टमार्टममा देखिने उहाले थप्नु भयो ।