
२२ भदौं बाँके । बाँकेमा मोटरसाइकल चोरीमा संलग्न रेहको एक समुहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।बाँकेको विभिन्न सार्वजनिक स्थानबाट मोटरसाइकल चोरीका घटनाहरू बढिरहेको अवस्थामा खोजी गर्ने क्रममा प्रहरीले मोटसाइकल सहित चार जनालाई पक्राउ गरेको बताएको छ ।खोजतलास गर्ने क्रममा कोहलपुर नगरपालिका–११ बाट भारतका ४२ वर्षीय आजाद अन्सारी र नेपालगन्जका ४३ वर्षीय संजिबकुमार यादवलाई पक्राउ गरेपछि उनकै गिरोहका थप दुई जनालाई पनि पक्राउ गरिएको बताइएको छ ।
प्रहरीले ३० वर्षीय समिम अहमदलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। कोहलपुर प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका गिरोहका चार जनाविरुद्द थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। पक्राउ परेका हरुले सस्तोमा मोटरसाइकल विक्रि गर्ने गरेको बताइएको छ ।