७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
ड्युटीमै रहेका बेला बाँकेमा एक जना प्रहरीको निधन
ड्युटीमै रहेका बेला बाँकेमा एक जना प्रहरीको निधन
  • न्युज डेस्क

२१ भदौ बाँके । ड्युटीमै रहेका बेला बाँकेमा एक जना प्रहरीको निधन भएको छ । कर्तव्य पालनका क्रममा नेपाल प्रहरीका नायब निरीक्षक सई धनबहादुर थापाको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रोल्पाका सई थापा शनिबार बिहान नेपालगन्ज बजार क्षेत्रमा ड्युटीमा रहेका बेला अचानक हृदयघात भएपछि ढलेका थिए। उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

  • २१ भाद्र २०८२, शनिबार प्रकाशित
  • Nabintech