७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
नक्कली विवाह गराई ठगी गर्ने दुईजना पक्राउ
नक्कली विवाह गराई ठगी गर्ने दुईजना पक्राउ
  • न्युज डेस्क

१९ भदौं सुर्खेत । नक्कली विवाह गराई ठगी गर्ने दुईजनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आमा–बुवा तथा छोरी बनेर विभिन्न व्यक्तिसँग विवाह गर्ने र विवाहपश्चात नगद तथा गरगहना लिएर फरार हुने गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेमा दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४० वर्षीय गोपालकुमार विक होटेल सदाशंकरका सञ्चालक र अछाम तुर्माखाद गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन् ।

अनुसन्धानबाट एउटै महिलाले फरक–फरक मितिमा धेरै पुरुषसँग विवाह गरी ठगी गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । पीडितहरूले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी कारबाही अघि बढाएको हो ।

  • १९ भाद्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech