
१९ भदौं काठमाडौं । सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिएको जानकारीअनुसार सातवटाबाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गराउनका लागि पत्राचार गरिएको छ ।उनकाअनुसार दर्ता भएका र प्रक्रियामा रहेकाबाहेक सबै निष्क्रिय हुनेछन् ।उनका अनुसार भाइबर टिकटक, वीटक, निम्बस, पोपोेलाइभ सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।