७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
स्पोन्सरसिप कार्यक्रमको भेरी नगरपालिका र नलगाड नगरपालिकामा अनुगमन सम्पन्न
स्पोन्सरसिप कार्यक्रमको भेरी नगरपालिका र नलगाड नगरपालिकामा अनुगमन सम्पन्न
  • न्युज डेस्क

पाँचतारा युवा संरक्षकम मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेशल नेपालको साझेदारीमा संचालन भएका समावेश गुणस्तरीय शिक्षा कार्यक्रम, बाल स्पोन्सरसिप कार्यक्रमको जिल्ला परियोजना सल्लाकार समितिका अध्यक्ष काली बहादुर खत्रीको अध्यक्षतामा अनुमगन तथा बैंठक सम्पन्न भएको छ ।


अनुगमन समितिले भेरी नगरपालिका वडा नं. ७, ९ नलगाड नगरपालिका वडा नंं २ मा कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ । समावेशी गुणस्तरीय शिक्षा कार्यक्रमबाट संचालन भएका कार्यक्रमहरु शिक्षकहरुको क्षमता विकास तालिम, कक्षा कोठा ब्यवस्थापन, भवन निर्माण, खानेपानी धारा र शनिबारमा संचालन हुने पढाई शिविरको कक्षाहरुको सुझाव सहितको अवलोकन सम्पन्न भएको छ ।
त्यस्तै बाल स्पोन्सरसिप कार्यक्रमबाट बाल संरक्षण बाल बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षण विषयमा वडा, घर परिवारहरु सँग परियोजनाले नियमित संचालन गरेका बिषयमा अनुगमन तथा कार्यक्रमको बिषयमा छलफल गरिएको थियो । स्पोन्सरसिप कार्यक्रमबाट बालबालिहरुले पाएका फाइदाहरुको बारेमा घरदैलो अभियानबाट परियोजनाका गतिविधीहरु देखाइएको थियो ।
नलगाड र भेरी नगरपालिकमा संचालन भएको परियोजनामा जिल्ला परियोजना समितिको बैठक संयोजक काली बहादुर खत्रीको अध्यतामा २०८२ भदौ १७ गते फिल्ड अनुगमन र १८ गते दुबै पालिकाको संयुक्त बैंठक सम्पन्न भएको थियो ।


फिल्ड अनुगमनका लागी भेरी नगरपालिकामा समन्वय प्रमुखको संयोजकत्वमा टिम जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गणेश नेपाली, जिल्ला शिक्षा इकाई कार्यालय प्रमुख योग्यश्वर खत्री, भेरी नगरपालिका शिक्षा स्रोत ब्यक्ती प्रेम प्रकाश के.सी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा शारदा शर्मा, पत्रकार सरोज वली वल्र्ड भिजन ईन्टरनेशलन नेपालका जिल्ला संयोजक नन्द बुढा र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट कर्मचारीकोहरु लगाएतको टिमको सहभागीता रहेको थियो । भने नलगाड नगरपालिकामा जिल्ला समन्वय उपप्रमुख दल बहादुर सिंहको टिममा पाँचतारा युवा संरक्षकम मञ्च, जाजरकोटका उपाअध्यक्ष आशा कार्की, जिल्ला प्रशासन कार्यालय नायब सुब्वा गोविन्द बिष्ट, शिक्षा ईकाइ कार्यालयका भिमराज कार्की, नगरप्रमुख डम्बर बहादुर रावत, बालकल्याण अधिकारी प्रदिप रावल, पत्रकार शारदा पुनको उपस्थिती रहेको थियो ।
परियोजनाको बैंठकमा बोल्दै काली बहादुर खत्रीले परियोजनाले समुदायस्तरमा पारेको प्रभाव निकै प्रभावकारी रहेको आगमी दिनहरुमा नियन्तर सहयोगका लागी अनुरोध गर्नु भयो ।
त्यस्तै नलगाड नगर प्रमुख डम्बर बहादुर रावतले परियोजना मार्फत निकै समुदायलाई फाइदा भएको तर केही गतिविधीहरु समुदायमा धैरै संख्यामा जादैगर्दा खेरी झट्ट हेर्दा उपलब्धी नदेखिने खालका गतिविधीमा लगानी नगर्न समेत सुझाव दिनु भएको थियो ।

  • १८ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech