३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
मेरो पहिलो श्रीमती संग डिभोर्स भैसकेको छ : लेखजंग थापा
मेरो पहिलो श्रीमती संग डिभोर्स भैसकेको छ : लेखजंग थापा
  • न्युज डेस्क

१७ भदौं रुपन्देही । लेखजंग थापाले पहिलो श्रीमती संग डिभोर्स भइसकेको कागजात सार्वजनिक गर्नु भएको छ।
रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार डाक्टर लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गर्नु भएको हो ।

थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन्। डाक्टर थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक गर्नु भएको हो ।लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन्। उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्।थापा २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नाउपाबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए।

  • १७ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech