७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
कर्णाली राजमार्ग अवरुद्ध १३ करोड रुपैयाँको स्याउ ट्रकमा
कर्णाली राजमार्ग अवरुद्ध १३ करोड रुपैयाँको स्याउ ट्रकमा
  • न्युज डेस्क

१७ भदौं कालिकोट । कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएकोे छ ।गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा छन् ।

अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको छ । सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसेकाले सडक खोल्न समय लागेको जनाइएको छ । नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनु भयो ।

  • १७ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech