३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार
गोविन्दा पत्नीले दिइन् सम्बन्ध विच्छेदको लागि निवेदन
गोविन्दा पत्नीले दिइन् सम्बन्ध विच्छेदको लागि निवेदन
  • न्युज डेस्क

८ भदौं मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ।मामिला मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले समाधान खोज्ने प्रयास गरिरहेको भनिएको छ। सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ।तर गोविन्दाका नजिकका साथीहरू र प्रबन्धकले भने यी सबै समाचारलाई ‘अफवाह’ भन्दै खारेज गरेका छन्।

गोविन्दका भतिजा तथा हास्य कलाकार कृष्ण अभिषेकले पनि दुबैबिच गहिरो सम्बन्ध रहेको भन्दै समस्या भए पनि उनीहरूले आफैँ समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।यसअघि पनि गोविन्दा र सुनिता सम्बन्ध विच्छेदको हल्लाका कारण चर्चामा आएका थिए। त्यसबेला पनि अभिनेता एक मराठी अभिनेत्रीसँग जोडिएको खबर आएको थियो तर दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए।

  • ८ भाद्र २०८२, आईतवार प्रकाशित
  • Nabintech