२ भदौ रोल्पा । रोल्पामा जंगली च्याउ खाएका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ ।रोल्पा प्रहरीका अनुसारपरिवर्तन गाउँपालिका वडा नं २ राङसी गाउँका ती वृद्ध दम्पतीले जंगलबाट ल्याएको च्याउ पकाएर खाएको दिन विरामी परेका थिए । उनीहरुको उपचारमा क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वली रहेका छन ।
उनिहरुले साउन २७ गते जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि गम्भिर विरामी भएका थिए ।उनिहरुलाई उपचारका लागी दाङ लगिएको थियो ।उपचारकै क्रममा एक दिनको अन्तरालमा दुबै जनाको मृत्यु भएको हो । साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनु भयो ।