२ भदौ वाँके । बाँकेमा कुटुवा पेस्तोल सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक दीपक पातलीका अनुसार पुष्पलाल चौकबाट बस पार्क तर्फ अटो रिक्सामा जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिका ९ का १७ वर्षिय समीर ढापाली र १६ वर्षिय राजन सोनकार कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने दुई राउन्ड गोली सहित आइतवार बेलुकी पक्राउ परेका हुन ।
ति किशोरहरुले कामको लागी प्रयोग गरिएको हुन सक्ने बताउदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।