२५ साउन नयाँ दिल्ली । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानसँग निकट भविष्यमा पुनः युद्ध हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन् ।उनले आगामी युद्धका लागि तयार रहनुपर्ने र यो लडाइँ एकजुट भएर लड्नुपर्नेमा जोड दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
शनिबार आईआईटी मद्रासमा आयोजित एक कार्यक्रममा जनरल द्विवेदीले भने, अर्को युद्ध चाँडै हुन सक्छ । हामीले सोहीअनुसार तयारी गर्नुपर्छ र यस पटक हामीले यो लडाइँ मिलेर लड्नुपर्नेछ ।