२३ श्रावण २०८२, बिहीबार
२३ श्रावण २०८२, बिहीबार
उत्तराखण्डमा बाढीः बर्दियाका एकै घरका तिन जना सहित ४ जना वेपत्ता
उत्तराखण्डमा बाढीः बर्दियाका एकै घरका तिन जना सहित ४ जना वेपत्ता
  • न्युज डेस्क

दीपककुमार शर्मा
२२ साउन बर्दिया । मजदुरी गर्न भारतको  उत्तराखण्ड गएका बर्दियाका ४  जना बेपत्ता भएको परिवारले जनाएका छन ।
भारतको वाकुटा स्थित पौडी जिल्लाको बिनु नदी मा आएको बाढीले मजदुरी गर्न गएका बर्दियाका मधुवन नगरपालिकाका ४ जना मजदुर परिवारको सम्पर्कमा नआएका कारण पहिरोमा वेपत्ता भएका हुन ।

प्रमुख जिल्ला  अधिकारी सुरेन्द्र पौडेलले सो बाढी  र पहिरोमा परी केहि वेपत्ता भएको भन्ने खवर आएकोले त्यस घटनामा बर्दिया मधुवन नगरपालिकाका ४  जना मजदुर पनि बेपत्ता भएकोले खोजी कार्य र समन्वयका लागी दुतावास मार्फत समन्वय भैरहेको  बताउनु भयो ।

मधुवन नगरपालिका ६ का एकै परिवारका तिन जना सहित ४ जना वेपत्ता भएको बताइएको छ ।भारतको वाकुटा स्थित पौडी जिल्लाको बिनु नदी मा आएको बाढीले बेपत्ता  हुनेहरुमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार बेपत्ता हुनु भएको हो ।वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ५० जना श्रमिकहरु कार्यरत रहेको प्रारम्भिक जानकारी आएको बताइएको छ ।

  • २३ श्रावण २०८२, बिहीबार प्रकाशित
  • Nabintech